२१ बैशाख २०८१, शुक्रबार

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

प्रकाशित मिति :  20 April, 2024 2:27 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले हिजो  (शुक्रबार) एक निर्देशन जारी गर्दै कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

स्वास्थ्य मन्त्रालयले अन्तरगत रहेका स्वास्थ्यका निकायहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको पत्रमा उल्लेख छ । 

यस्तै मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस !