१८ बैशाख २०८१, मंगलबार

काेराेना अपडेटः नयाँ संक्रमण छैन, निकाे भएकाप्रति दुर्व्यबहार नगर्न अनुराेध

प्रकाशित मिति :  10 May, 2020 4:30 pm


काठमाडाैं, २८ वैशाख । 

काेराेना संक्रमित कुल ११० जनामध्ये ३१ जना निकाे भएर घर फर्किएका छन् । आइतबार बिहान एक जनाकाे पुष्टी भएकाेमा पत्रकार नियमित पत्रका सम्मेलन गर्ने समयसम्म नयाँ संक्रमण फेला नपरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काेराेना जितेर फर्केका प्रति कतिपयल दुर्व्यवहार गरेकाे भन्ने गुनासाेसमेत आएकाले त्यसाे नगर्न मन्त्रालयले आग्रह गरेकाे छ । काेराेना संक्रमणा निकाे भइसकेका बाट सर्ने सम्भावना नभएकाे र साथ सहयाेगकाे आवश्यक पर्ने भएकाले सहज वातावरण बनाउने परिवार, आफन्त तथा सबैमा आग्रह गरिएकाे छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकमा २, प्रदेश ५ मा ३० र सूदुरपश्चिम प्रदेशमा ५ जनाकाे संक्रमण पुष्टी भएकाे छ । जसमध्ये ३१ जना घर फर्कीसकेकाले ७९ जनाका विभिन्न अस्पतालमा उपचार भइरकाेे तथा सबैकाे स्वास्थ अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !