२२ बैशाख २०८१, शनिबार

आज पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रकाशित मिति :  22 April, 2024 8:04 am


काठमाडौँ । आज २२ अप्रिल, पृथ्वी दिवस । विश्वभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ ।

यो वर्षको पृथ्वी दिवसको विषय प्लानेट भर्सेस प्लाष्टिक रहेको छ । प्लास्टिकजन्य प्रदूषणले मानव तथा पृथ्वीको स्वास्थ्यमा पार्न सक्ने असरबारे सचेतना फैल्याउनमा यो वर्षको पृथ्वी दिवस केन्द्रीत रहेको छ ।

सन् १९७० देखि अमेरिकाबाट पृथ्वी दिवस मनाउन सुरु गरिएको थियो । पर्यावरणको महत्वलाई बढावा दिन हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ ।

जलवायु परिवर्तको अवसर बढ्दै गर्दा पृथ्वी दिवसको महत्व थप बढेर गएको महसुस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !