२५ बैशाख २०८१, मंगलबार

सांसदको आक्रोश: लकडाउनले सीडीयोलाई टाकुरे राजा र गृह तथा प्रधानमन्त्री कार्यालयलाई महाराजा बनायो

प्रकाशित मिति :  11 May, 2020 11:49 am


काठमाण्डौं, २९ वैशाख ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले लकडाउनका कारण सीडीयोलाई टाकुरे राजा र प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयलाई महाराजा बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् महतले आफूले लकडाउनको परिभाषा नबुझेको भन्दै यसले जनतालाई पीडा थप्ने काम मात्रै गरेको टिप्पणी गरे ।

उनले भने,‘मैले लकडाउनको परिभाषा बुझिन । यो लकडाउनले ७७ जिल्लाका सीडीयोलाई टाकुरे राजा, बनाएको छ सभामुख महोदय ! यिनीहरु टाकुरे राजा भएका छन् । सातवटा यि प्रदेश राजा भएर बसेका छन् । गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बस्या छ । जनताको पिरमर्का सुन्या छैन ।’

उनले एउटा सांसदले गृह जिल्ला जान सीडीयोको चाकडी गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने,‘ एउटा माननीय जिल्लामा जानका लागि सिडियोको चाकडी गर्नुपर्छ ।  गृहमन्त्रालय धाउनुपर्छ । सभामुख ज्यूकहाँ फोन गर्दा सभामुख ज्यूको फोन उठ्दैन । एउटा मानीय जिल्ला जान पाउदैन । एउटा समान्य फूली भएकोले माननीय लोगो चिन्दैन । सिडियोको आदेश चाहिन्छ । माथी गृहमन्त्रीको आदेश चाहिन्छ भन्छ ।’

के लकडाउन भन्या यै हो ? उनले जिल्ला जान र जनताको सेवा गर्न राजा महाराजा टाकुरो राजा बनेर बसेकाको सेवा र चाप्लुसी गर्नुपरेको भन्दै आपत्ति जनाए । उनले भने,‘ एउटा माननीयलाई चिन्दैन लकडाउनले । एउटा मानीय जिल्लामा जान पाउँदैन । यि राजा महाराजा टाकुरे राजाको सेवा गर्नुपर्छ । यिनीहरुको चाप्लुसी गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !