६ जेष्ठ २०८१, आइतबार

सप्तरीमा एक युवामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या १ सय २१ पुग्यो

प्रकाशित मिति :  11 May, 2020 2:04 pm


काठमाण्डौं, २९ वैशाख ।

सप्तरीका एक जना युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको डाक्नेश्वरी नगरपालिका -३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज विहान मात्रै कपिलवस्तुमा मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी गराएको थियो ।  यो संगै देशभर कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !