१२ श्रावण २०८१, शनिबार

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जना कोरोना संक्रमित भेटिए,देशभर संक्रमितको संख्या १ सय ३४ पुग्यो

प्रकाशित मिति :  11 May, 2020 7:30 pm


काठमाण्डौं, २९ वैशाख ।

कपिलवस्तु,रुपन्देही र बर्दियामा थप नयाँ १३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुकी विज्ञप्ति निकालेर कपिलवस्तुमा ६, रुपन्देहीमा ५ र बर्दियामा एक जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्ति अनुसार कपिलवस्तुको यशोधरा गाँउपालिका —८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९,२३,३० र ३८ वर्षीय पुरुष ।

रुपन्देहीको समरीमाई गाँउपालिका ७ र लुम्बिनी संस्कृतिक गाँउपालिका ६ का २४,२६,२७,३०,३२, र ४० बर्षीय पुरुष तथा बर्दियाको राझापुर ५ निवासी ११ बर्षीया बालिकामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैमा कारोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभार कोरोना संक्रमितको संख्या १ सय ३४ पुगको छ । अहिलेसम्म देशभार कोरोना संक्रमितको संख्या १ सय ३४ पुगको छ । कपिलवस्तुमा विहान मात्रै १० जना र सप्तरीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !