५ जेष्ठ २०८१, शनिबार

वाल विकास कार्यक्रमद्वारा धादिङको जनजागृति विद्यालयमा निशुल्क स्वास्थ शिविर सम्पन्न

प्रकाशित मिति :  6 May, 2024 7:47 am


काठमाडौँ। वाल विकास कार्यक्रम नेपालको आर्थिक सहयोग तथा फ्रन्टलाइल हस्पिटल पुरानोबानेश्वरको प्राविधिक सहयोगमा धादिङस्थित जनजागृति विद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

थाक्रे गाउँपालिका वडा नं. ६ महादेववेसीस्थित सो विद्यालयमा ६ सय ८० जनाको निशुल्क स्वास्थय परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा सम्बन्धी उपचार, दन्त परीक्षण, आँखा परीक्षण, नाक, कान, घाँटी लगायत रोगहरूको परीक्षण गरिएको हो।

स्वास्थ्य शिविरमा स्त्री रोग, नाक, कान, घाँटी, नशा तथा आँखा सम्बन्धी समस्या भएकाहरुको संख्या बढी रहेको पाइएको छ । आवश्यक परेका सबै बिरामीहरूका लागि निःशुल्क औषधी समेत वाल विकास कार्यक्रमबाट उपलब्ध गराइएको थियो ।

शिविरमा सेवाग्राहीको उत्सासजनक उपस्थितिको प्रशंसा गर्दै फ्रन्टलाइन अस्पतालका डाक्टरहरुले सेवा गर्न पाएकोका खुशी व्यक्त गरेका छन् । यो क्षेत्रमा वाल विकास कार्यक्रमले लामो समयदेखि आफ्ना विभिन्न कार्यक्रम संचालन गर्दै आएकोछ ।



प्रतिक्रिया दिनुहोस !