६ जेष्ठ २०८१, आइतबार

अण्डाको मूल्य बढ्यो, कुन साइजको कति?

प्रकाशित मिति :  6 May, 2024 8:48 am


काठमाडौँ । काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । आज (सोमबार) देखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्य अनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठुलो (लार्ज साइज) अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो (एक्स्ट्रा लार्ज) अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

यसअघि गत वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ निर्धारण गरेको जनाएको थियो ।

संघले मूल्य घटाएको एक हप्ता नपुग्दै अण्डाको मूल्य बढाएका हो ।



प्रतिक्रिया दिनुहोस !