१७ बैशाख २०८१, सोमबार

कृषिमा दशलाख राेजगारी, सातै प्रदेशमा हजार शैयाकाे अस्पताल बनाईयोस् : सांसद यादव

प्रकाशित मिति :  12 May, 2020 12:57 pm


काठमाडाैं, ३० वैशाख । 

सांसद प्रदीप यादवले विदेशमा रहेका युवाहरू फर्केमा रोजागारीको सुनिश्चिता गर्न कम्तिमा १० लाख युवालाइ कृषिमा संलग्न गराउने गरि बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।

भविष्यमा महामारीबाट जुध्न कृषि र स्वास्थ क्षेत्रलाई प्राथिमकता दिनुपर्ने उनको सुझाव छ ।

आर्थिक बर्ष २०७७र७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतमाथीको छलफलमा बोल्दै यादवले सातै प्रदेशमा एक हजार शैयाको अस्पताल, प्रत्येक स्थानीय तहमा ५० सैय्याको अस्पताल र टेकुको जस्तै सुविधा भएको राष्ट्रिय स्तरको प्रयोगशाला सातै प्रदेशमा खोल्ने गरि बजेटमा व्यवस्था गर्नु पर्ने बताए ।

विदेशबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिएकाले विदेशमा बेरोजगार हुन सक्ने युवालाई स्वदेशमै रोजगार बनाउनु पर्ने यादवको सुझाव छ । यादवले निजी अस्पतालहरू मिटरव्याजी जसरी विरामीबाट धेरै पैसा असुल्ने तर दुखमा साथ नदिएकोमा चर्को आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस !