१४ बैशाख २०८१, शुक्रबार

आज मात्रै ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि

प्रकाशित मिति :  12 May, 2020 1:34 pm


काठमाण्डौं, ३० वैशाख ।

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योे संगै नेपालमा कोराना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

अहिलेसम्म नेपालमा यति धेरै संख्यामा एकै पटक कोरोना संक्रमणको पुष्टि भएको पहिलो पटक हो ।



प्रतिक्रिया दिनुहोस !