१२ श्रावण २०८१, शनिबार

एक स्वास्थ्यकर्मी र चार पत्रकारमा कोरोना संक्रमण

प्रकाशित मिति :  12 May, 2020 5:30 pm


काठमाण्डौं, ३० वैशाख ।

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मी र सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना स्टाप नर्स भएको खुलेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका छन् ।

कपिलवस्तुमै घर भएकी जिल्ला अस्पतालमा कार्यरत स्टाप नर्समा कोरोना संक्रमण भएको हो । कपिलवस्तुमा अहिलेसम्म कोरोना संक्रमण देखिएका सबै भारतबाट आएका छन् । तर एक जना मात्रै स्टाप नर्समा संक्रमण देखिएको छ ।

पर्सामा आजै संक्रमणको पुष्टि भएका ३९ जनामा ४ जना पत्रकार रहेका छन् ।  नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले पर्सामा थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको जानकारी गराएका छन् ।

उनले भनेका छन्,‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको छ ।’

संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो ।

संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत छन् । आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !