१२ श्रावण २०८१, शनिबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति :  15 May, 2024 9:40 pm


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो।

नयाँ मूल्य सूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।

घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !