१२ श्रावण २०८१, शनिबार

फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचिमा नेपालकी श्रेया

प्रकाशित मिति :  16 May, 2024 11:43 am


काठमाडौं । फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट काठमाडौँकी श्रेया गिरी छनोटमा परेकी छन्।

फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा गिरी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन्।

२८ वर्षीया गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन्।

लन्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन्। जतिबेला कोरोना महामारी फैलिएको थियो।

यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ । यसले विभिन्न वर्कसप पनि सञ्चालन गर्छ।



प्रतिक्रिया दिनुहोस !