१२ श्रावण २०८१, शनिबार

काठमाडौँ महानगरकाे नि:शुल्क लोकसेवा तयारी कक्षा सुरू

प्रकाशित मिति :  19 May, 2024 11:32 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो ।

यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरू गरिएको हो । यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि रहेका छन् । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि रहेका छन्।

कार्यक्रममा बाेल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए ।

“युवाहरूकाे वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,”उनले भने, “महानगरबासीहरूमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।”

नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !