६ कार्तिक २०८१, मंगलबार

भक्तपुरमा संक्रमित भएका दुई मध्य एक जना स्टाफ नर्स

प्रकाशित मिति :  13 May, 2020 9:18 am


काठमाण्डौं, ३१ वैशाख ।

भक्तपुरमा हिजो कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ ।

भक्तपुरकै निजी अस्पतालमा काम गर्ने स्टाफ नर्समा कोरोना संक्रमणको पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती टेकु अस्पताल भर्ना भएकी अस्पताल स्रोतले जानकारी दिएको छ ।

सुनसरीको रामधुनी नगरपालिका झुम्का स्थायी घर भएकी स्टाफ नर्स लकडाउनकै समयमा घरबाट फर्केर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बस्दै आएकी थिइन् ।

अहिले संक्रमित स्टाप नर्सकी साथीलाई समेत निगरानीमा राखेर परीक्षणको तयारी गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

हिजो अबेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । हिजो विहान ५७ जनामा संक्रमण भएको पुष्टि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुकी काठमाण्डौं, भक्तपुर, पर्सा, महोत्तरी,धनुषा र सर्लाही जिल्लामा २६ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको थियो।

जसमा भक्तपुरमा एक महिला र एक पुरुष संक्रमित भएको मन्त्रालयले जनाएकार गराएका थियो । ति मध्य १ जना स्टाफ नर्स र एक जना सशस्त्र प्रहरी जवान भएको खुलेको हो ।

कपिलवस्तुको जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सलाई हिजो नै कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !