१२ श्रावण २०८१, शनिबार

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका निर्वतमानदेखि निमित्तसहित ६ जनाको सिफारिस

प्रकाशित मिति :  23 May, 2024 9:16 am


काठमाडौँ। राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले गठन गरेको सिफारिस समितिले ६ जना आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार बुधबार सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा सप्तरीका बर्नेनिर्या –७ स्थायी घर भएका निवर्तमान कार्यकारी निर्देशक डा, राजेन्द्र प्रसाद यादव र सप्तरीको सम्भुनाथ नगरपालिका ३ घर भएका निमित्त कार्यकारी निर्देशक बालक चौधरी लगायत छन् ।

झापाका दुवागढीका–४ का निराज भट्टराई, धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा. मोगल प्रसाद साह, काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा. सितलकाजी श्रेष्ठसमेतको नाम समितिले सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !