८ जेष्ठ २०७९, आइतबार

कपिलवस्तु र बाँकेमा थप दुई जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  13 May, 2020 2:05 pm


काठमाण्डौं, ३१ वैशाख ।

कपिलवस्तु र बाँके थप एक,एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयले विज्ञप्ति जारी गर्दै कपिलवस्तुमा थप एक जना र नेपाजगञ्जमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित हुनेमा कपिलवस्तु नगरपालिका-५ का २२ वर्षीय पुरुष हुन् ।

भने बाँकेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ बर्षीय पुरुष हुन् । यो संगै देशभर संक्रमितको संख्या २ सय १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !