४ असार २०८१, सोमबार

सिटीलाई हराउदै म्यानचेस्टर युनाइटेडलाई‌ एफए कपको उपाधी

प्रकाशित मिति :  26 May, 2024 8:09 am


काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।

प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन । खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे ।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको‌ यो १३ औं एफए कप उपाधि हो ।आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।



प्रतिक्रिया दिनुहोस !