२४ बैशाख २०८१, सोमबार

दार्चुलाको छांगरुमा आजदेखि सशस्त्रको बीओपी (फोटो फिचर)

प्रकाशित मिति :  13 May, 2020 5:58 pm


काठमाण्डौं, ३१ वैशाख ।

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि आजदेखि दार्चुलाको छांगरुमा सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी बिओपी स्थापना गरिएको हो ।

सीमा सुरक्षाका लागि बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएका छन् ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि बिरोध भइरहेका बेला सरकारले बीओपी स्थापना गरेको हो ।

   

फोटो:सशस्त्र प्रहरी बल, नेपाल



प्रतिक्रिया दिनुहोस !