१२ श्रावण २०८१, शनिबार

२४ जना नयाँ कोरोना संक्रमित थपिए, रुपन्देहीमा मात्रै १२ जना

प्रकाशित मिति :  13 May, 2020 8:09 pm


काठमाण्डौं, ३१ वैशाख ।

थप २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गरेर रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना र पर्सामा ३ जना तथा नवलपरासीमा १ जना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा ९ महिला र ३ पुरुष संक्रमित भेटिएक छन् । रुपन्देहीमा ४ र १० बर्षका बालक समेत संक्रमित भएका छन् ।

यस्तै कपिलवस्तुमा २२,२९,३२,४०,४०,४२,४२ बर्षका पुरुष,पर्सामा ३६ र ४० वर्षीय पुरुष र ३६ बर्षीय महिला तथा नवलवरासीमा ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

आज मात्रै दिउँसो रुपन्देही र नेपालगञ्जमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आज मात्रै २६ जनामा कोरोना संक्रमणको पुष्टि देखिएको छ । यो संगै देशभर संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !