८ बैशाख २०८१, शनिबार

थप २ जना कोरोना संक्रमित भेटिए,भारतले डब्लुएचओको निर्देशन उल्लघंन गरेको प्रदेश-५ का मुख्यमन्त्रीको आरोप

प्रकाशित मिति :  14 May, 2020 7:32 am


काठमाण्डौं, १ जेठ । 

काठमाण्डौं र कपिलवस्तुमा थप दुई जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर काठमाण्डौंको चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीय बालिकामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । यो संगै देश संक्रमितको संख्या २ सय ४५ पुगेको छ । हिजो मात्रै २६ जनामा कोरोना संक्रमित भेटिएका थिए ।

यसैबीच, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को निर्देशन उल्लघंन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । भारतले विना परीक्षण सीमानाकामा मानिसहरु छोडेको भन्दै मुख्यमन्त्री पोख्रेलले आपत्ति जनाएका हुन् ।

उनले आज विहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेको छन्,‘ विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको निर्देशन विपरित छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन । ’

पछिल्लो समय प्रदेश ५ मा संक्रमित बढिरहेका छन् र धेरैजसो भारतबाट नेपाल भित्रएका छन् । अहिलेपनि सयौंको संख्यामा नेपालीहरु सीमामा छन् ।



प्रतिक्रिया दिनुहोस !