१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमितको विवरण गलत, स्वास्थ्य मन्त्रालयले सच्याउँदै भन्यो,‘प्राविधिक त्रुटी भयो’

प्रकाशित मिति :  14 May, 2020 10:53 am


काठमाण्डौं, १ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २ सय ४५ नै रहेको जनकारी गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै यसअघि प्रविधिक त्रुटीका कारण २ सय ५० पुगेको विवरण सार्वजनिक भएको भन्दै यसलाई सच्चाएको हो ।

मन्त्रीलयले विहान ६ः१५ बजेको विज्ञप्तिमा थप २ जना नयाँ संक्रमित थपिएको र कूल संक्रमित संख्या २ सय ४५ पुगेको जानकारी गराएको थियो ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीकै हस्ताक्षरमा फेरी ७ः४५बजेको विज्ञप्तिमा थप ५ जना भेटिएको र संक्रमित संख्या २ सय ५० पुगेको  जनायो । तर अहिले १०.१५ बजेको अर्को विज्ञप्तिमा भनिएको छ,‘ अध्यावधिक विवरण अनुसार काभिड—१९ का पुष्टी भएकाहरुको जम्मा संख्या २ सय ४५ नै रहेको छ ।’

मन्त्रालयका सहप्रवक्ता अधिकारीको विज्ञप्तिमा थप भनिएको छ,‘ पछिल्लो अध्यावधिक विवरण अनुसार २ सय ५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिंङ भएको जानकारी गराउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !