६ बैशाख २०८१, बिहिबार

थप ५ जना* नयाँ कोरोना संक्रमित भेटिए, आजै विहान मात्रै ७ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  14 May, 2020 8:07 am


काठमाण्डौं, १ जेठ।

आज बिहान मात्रै ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै दोस्रो विज्ञप्ति निकालेर थप ५ जनामा कारोना संक्रण भेटिएको जानकारी गराएको छ ।

नयाँ भेटिएका संक्रमितमा सर्लाही धनकौल नगरपालिका का ४५ बर्षीय पुरुष, धनुषा जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका नगरपालिकाका २६ वर्षीय र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

मन्त्रालयले विहान साढे ६ बजेमात्रै २ जनामा कोरोना संक्रमण भेटिएको  जानकारी गराएको थियो । यो संगै देशभर संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

*स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्याङ्क सच्चायाएको छ । पाँच जनाको विवरण प्राविधिक कारणले पुरानैको नाम दोहोरिएको जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !