१२ श्रावण २०८१, शनिबार

औषधि व्यवसायीको चेतावनीः बिना कारण औषधिजन्य सामग्री जफत गर्ने हो भने आन्दोलनमा उत्रिन्छौँ

प्रकाशित मिति :  4 June, 2024 5:58 pm


काठमाडौँ । कानूनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौँमा उनीहरूले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्तिनुपर्ने अवस्था आउने बताए ।

उनले औषधि विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिका कसको पर्छ रु भन्दै प्रश्न गरे । यता,औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे ।

उनले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरुमा बेच्न पाइने बाहेकका औषधिहरू राखेको भएमात्रै जफत गरेको बताए । उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने बताए । उनले औषधि बेच्ने बनेको ठाउँमा अन्य वस्तु राखेर बेचेको पाए कानूनले नछोड्ने बताए ।



प्रतिक्रिया दिनुहोस !