१२ श्रावण २०८१, शनिबार

सरकारले अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छः तोसिमा कार्की

प्रकाशित मिति :  4 June, 2024 6:52 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्यराज्यमन्त्री डा.तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारल ढिलाई गर्न नहुने बताइन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराए ।

सांसद कार्कीले आईटी पार्क बनाउने कुरा असफल भईसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !