१२ श्रावण २०८१, शनिबार

१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरभित्रका अस्पताललाई निर्देशन

प्रकाशित मिति :  6 June, 2024 2:28 pm


काठमाडौँ । गुणस्तरीय औषधिको सेवाबाट वञ्चित भएको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको महानगरको भनाइ छ ।

साथै महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्य रूपमा फार्मेसी सेवा सञ्चालन गर्न फैसला गरेअनुसार सो नियम पालना गर्न भनिएको सो सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !