१२ श्रावण २०८१, शनिबार

मंगलवार र बुधवार राप्ती गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर

प्रकाशित मिति :  10 June, 2024 7:45 am


काठमाडौँ। दाङको देउखुरी उपत्याकास्थित राप्ती गाउँपालिकाले एक दिने पशु स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

मंगलवार (जेठ २९) मा राप्ती गाउँपालिका वडा नं. ९ जाबुनेमा र बुधवार वडा नं. ९ रुपाकोटमा शिविर सञ्चालन हुने भएको छ ।

तोकिएको स्थान र समयमा बिहान ९ बजेदेखि बेलुका ३ बजेसम्म शिविर सम्पन्न हुने भएको छ। ।

शिविरमा पशुपन्छी उपचार तथा औषधी वितरण, पशुहरुमा गाईनोकोलजिकल परिक्षण, आन्तरिक परजीवी पहिचानक ालागि गोबर परिक्षण, कुकुरहरुमा रेविज रोग विरुद्ध खोप, बाख्राहरुमा पिपिआर खोप, पशु बन्ध्याकरण सेवा तथा व्यवसायीक पशुपन्छी पालन सम्बन्धी प्राविधिक परामर्श लगातका सेवा उपलब्ध गराईने भएको छ ।



प्रतिक्रिया दिनुहोस !