७ कार्तिक २०८१, बुधबार

राप्तीमा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्पन्न

प्रकाशित मिति :  1 July, 2024 7:27 am


देउखुरी । दाङको राप्ती गाउँपालिकामा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम सम्पन्न भएको छ ।

‘राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला’ भन्ने मूल नाराका साथ गाउँपालिकाको उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो।

व्यावसाय गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यावसायमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।

तालिमले सहभागीहरूको आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने विष्टको भनाइ छ ।

कुल १८ जनाको सहभागीता रहेको तालिमको प्रशिक्षकमा निरज जोशी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !