२५ बैशाख २०८१, मंगलबार

भारतद्वारा ३० हजार थान टेष्ट किट प्रदान, परराष्ट्रमन्त्री ज्ञवालीले दिए धन्यवाद

प्रकाशित मिति :  17 May, 2020 1:03 pm


काठमाडाैं, ४ जेठ । 

भारत सरकारले नेपालाई ३० हजार थान कोभिड १९  क्वालिटेटिभ आरटी पीसीआर टेष्ट किट प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ उपहार स्वरूप किट हस्तान्तरण गरेका छन् ।

आज हस्तान्तरण गरिएको किट माइल्याब कम्पनीले उत्पादन गरेको रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । यसअघि पनि भारतले वैशाख १० गते २३ मेटन औषधि हस्तान्तरण गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदिव ज्ञवालीले ट्वीटर मार्फत्  सहयोगका लागि भारतलाइ धन्यवाद दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !