१२ श्रावण २०८१, शनिबार

सबै पास रद्ध भएको बीमा समितिद्धारा जानकारी, न्यून पास उपलब्ध गराईने

प्रकाशित मिति :  17 May, 2020 6:40 pm


काठमाण्डौं, ४ जेठ ।

बीमा समितिले यसअघिका सबै पास रद्ध भएको जानकारी गराउँदै न्यूनतम संख्यामा मात्रै निलो रंगको सवारी पास उपलब्ध गराएको जनाएको छ ।

सरकारको निर्णय अनुसार बीमा सेवा सञ्चालन गर्न विभिन्न समितिमा जारी भएका पँहेलो रंगको सवारी पास आजैदेखि रद्ध भएको सबै बीमकहरुलाई जानकारी गराएको हो ।

उप निर्देशक निर्मल अधिकारीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ समितिबाट बीमा सेवा सञ्चालन गर्न विभिन्न मितिमा जारी भएका पँहेलो रंगको सवारी पास मिति २०७७,०२।०४ देखि लागु हुने गरी रद्ध गरिएको व्यहोरा सबै बीमकहरुलाई जानकारी गरिन्छ ।

साथै बीमा सेवालाई नियमित गर्न आजबाट न्यूनतम संख्या निलो रंगको सवारी पास उपलब्ध गराइने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस !