२३ मंसिर २०८१, आइतबार

विपद् र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरू

प्रकाशित मिति :  31 July, 2024 12:24 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद्जन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरू गरेको छ ।

विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट उक्त सेवा प्रदान हुनेछ । नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्ने महानगरले जनाएकाे छ । स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको महानगरले जनाएकाे छ ।

यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो । नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत्ति डुवान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पुलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुने महानगरले बताएकाे छ ।



प्रतिक्रिया दिनुहोस !