६ जेष्ठ २०८१, आइतबार

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि,अन्य जिल्लामा पनि थपिए संक्रमित

प्रकाशित मिति :  18 May, 2020 4:28 pm


काठमाण्डौं,५ जेठ ।

बाँकेमा एकै दिन ४७ जना कोरोना संक्रमित भेटिएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमणको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकैमा एकै पटक ४७ जना संक्रमित भेटिएको पुष्टि गरे । त्यस्तै विभिन्न जिल्लामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार बिराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ्का एक जना पुरुष, भैरहवाको प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका एक जना पुरुष र रौतहटका एक जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !