३० भाद्र २०८१, आइतबार

राप्तीको सिसहनियाँ कस्टम हायरिङ सेन्टरलाई कृषि औजार हस्तान्तरण

प्रकाशित मिति :  13 August, 2024 8:57 am


देउखुरी । राप्ती गाउँपालिका दाङको वडा नम्बर ७ को छोट्की सिसहनियाँमा रहेको हरितजन क्रान्ति कृषक समूहलाई कस्टम हायरिङ सेन्टरका लागि आवश्यक कृषि औजार हस्तान्तरण गरिएको छ।

पालिकाको समन्वयमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा कष्टम हायरिङ सेन्टर स्थापना कार्यक्रम अन्तर्गत २५ लाख बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु, गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले संयुक्तरूपमा समूहलाई ट्याक्टर, थ्रेसर, कल्टिभेटर र हाइड्रोलिक ट्रली हस्तान्तरण गरेका हुन्।

लुम्बिनी प्रदेश सरकारको ८० प्रतिशत अनुदान र कृषक समुहहरुको २० प्रतिशत लागतमा पालिकाले सो कृषि औजार खरिद गरि हस्तान्तरण गरेको हो।



प्रतिक्रिया दिनुहोस !