३१ भाद्र २०८१, सोमबार

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कूलले आईबी एम.वाई. पी स्वीकृति घोषणा कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  25 August, 2024 11:11 am


काठमाडौँ । सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कूलले आफ्नो विद्यालयमा आयोजित विशेष समारोह साथ आई.बी एम.वाई.पी (मिडल इयर प्रोग्राम) स्वीकृति घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरूको उपस्थितिका साथ सम्पन्न कार्यक्रममा बिद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुतीका साथै आईबी एम.वाई.पी मिडल इयर प्रोग्रामबाट प्राप्त सिकाई अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । उनले स्वस्तिश्री गुरुकुललाई यस प्रतिष्ठित र गौरवपूर्ण उपलब्धिको लागि बधाई दिनुका साथै शैक्षिक उत्कृष्टता र योगदानमा विद्यालयको समर्पणको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा उपस्थित विशेष अतिथि वाग्मती प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पनि मन्तव्य राख्दै विद्यालयले बालबालिकाहरूको समग्र विकासलाई प्रवर्द्धन गर्ने वातावरण निर्माणमा गरेको अथक प्रयासको प्रशंसा गरेका थिए।

विद्यालयका संस्थापक अध्यक्ष, पूर्वमन्त्री तथा ललितपुरका प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ का माननीय श्री रामकृष्ण चित्रकारले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न स्वस्तिश्री विद्यालय अनवरत रुपमा लागिरहने आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, विद्यालय सूचना तथा संचार प्रमुख चीराग वाङ्देलको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक नेहा केसीले आई.बी एम.वाई.पी स्वीकृति प्राप्तिमा विद्यालय शिक्षकहरूको मेहेनत, लगाव साथै अभिभावकहरूको निरन्तर साथको प्रसंशा गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !