६ जेष्ठ २०८१, आइतबार

२५ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  20 May, 2020 4:28 pm


काठमाण्डौं, ७ जेठ ।

२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर थप २५ जना कोरोना संक्रमित व्यक्ति भेटिएको जनाएको हो ।

बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना, नवलपरासी पश्चिमा १ जना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ भने अहिलेसम्म २ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !