१७ बैशाख २०८१, सोमबार

कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय छ : मन्त्री भुसाल

प्रकाशित मिति :  20 May, 2020 8:58 pm


काठमाण्डौं, ७ जेठ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

राष्ट्रिय सभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उनको भनाई थियो ।

यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने मन्त्री भुसालले बताए । मन्त्री भुसालले संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उल्लेख गरे ।

अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उनको भनाई थियो । मन्त्री भुसालले नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालले उल्लेख गरे ।

कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको उनले उल्लेख गरे । मन्त्री भुसालले भने, ‘तीन तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस !