८ जेष्ठ २०८१, मंगलबार

थप ९ जना कोरोना संक्रमित भेटिए, आज मात्रै संक्रमितको संख्या २६ पुग्यो

प्रकाशित मिति :  21 May, 2020 4:29 pm


काठमाडौं, ८ जेठ । 

आजै फेरी ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले झापाको कचनकवल गाँउपालिकामा ८ जना र रुपन्देहीमा १ जना संक्रमित भेटिएको जानकारी दिए । विहान मात्रै कचनकवल गाँउपालिकामै १५ जना र धरान र धनकुटामा १,१ जना संक्रमित भएको पुष्टि भएके थियो ।

आज मात्रै २६ जना कोरोना संक्रमित भेटिएका छन् । देशभर कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने ४९ जना निको भएर घर फर्किएका छन् । आजै टेकु अस्पतालबाट निको भएर ४ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, प्रदेश-५ मा मात्रै २ जनाको मृत्यु



प्रतिक्रिया दिनुहोस !