२४ मंसिर २०८१, सोमबार

कृषिमा लगानी दशकको कार्ययोजनाको तयारीमा छौँः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  10 September, 2024 2:38 pm


काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लगानी दशक घोषणा अनुसार कार्ययोजना तयार गरिरहेको बताएका छन्।

मंगलवार काठमाडौंमा संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को आयोजनमा सुरु भएको एक दिवसीय नेपाल फुड फोरम २०२४ को उद्घाटन सत्रमा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरेको प्रयास पर्याप्त नभएको बताएका हुन् ।

उनले भने, “२०८१ देखि २०९१ सम्म राज्यले कृषि लगानी दशक घोषणा गरेको छ र यसलाई सार्थक बनाउन मन्त्रालयले आवश्यक तयारी गरेको छ।”

कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्नुपर्ने मन्त्री अधिकारीको तर्क छ । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्नको लागि सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।

कृषि क्षेत्रमा राज्यको लगानी आवश्यकता भन्दा कम रहेको बताएका छन् । अधिकारीले कृषि उत्पादनका लागि सामाग्री उपलब्ध नरहेको र किसानले समयमा रासायनिक मल, बिउ नपाउने समस्या विगतबाट नै रहेकोले यो विषयममा धेरै काम गर्न बाँकी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !