२२ मंसिर २०८१, शनिबार

सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैनः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  11 September, 2024 9:44 am


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन ।

मंगलवार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताए ।

उनले एकै पटक सय जना चिकित्सक र नरायणी अस्पताललाई आवश्यक नर्सहरुको दरबन्दी सिर्जना गरी थप्ने मन भएपनि देशको आर्थिक अवस्थाले नदिने बताए । उहाँले अस्पतालमा आवश्यक उपकरण भरिभराउ गर्ने इच्छा भएपनि आर्थिक अवस्था राम्रो नरहेको बताए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन । अब जनशक्ति थप्ने मन मेरो पनि थियो । एकै चोटी सय जना डाक्टरको दरबन्दी सिर्जना गरेर सय जना डाक्टरलाई नारायणी अस्पतालमा आवद्ध गर्ने मन मेरो पनि थियो । आवश्यक नर्सहरुको नियुक्ति गराउने मन मेरो पनि थियो । तर राज्यको आर्थिक अवस्थाका कारणले अहिले त्यो सम्भव हुने देखिँदैन ।’

मन्त्री पौडेलले उहाँले भएका पूर्वाधारलाई व्यवस्थित गर्ने र भएका जनशक्तिबाट सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस !