२४ बैशाख २०८१, सोमबार

संविधान संसोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

प्रकाशित मिति :  22 May, 2020 12:58 pm


काठमाण्डौं,९ जेठ ।

सरकारले अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संसोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो । संसद् बैठक १३ गते बस्दै छ । बैठक बस्नुपहिले नै संविधान संसोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै नक्सा जारी गरेको थियो । नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेर बिहिबार सार्वजनिक गरेको थियो ।  नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस !