५ जेष्ठ २०८१, शनिबार

थप ९ जना कोरोना संक्रमित भेटिए, आज मात्रै संक्रमितको संख्या ५९ पुग्यो

प्रकाशित मिति :  22 May, 2020 8:38 pm


काठमाण्डौं,९ जेठ । 

कारोनाका थप ९ जना संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर भक्तपुरमा १ जनासहित ९ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा बाराको समरनगढ नगरपालिकाका २२,२७,३०,३४,३८,४५ वर्षका पुरुष,मकवानपुरमाको हेटौंडा-३ का ४२ वर्षीय महिला, सप्तरीको बलान-विहुल गाँउपालिकाका ३५ वर्षीय पुरुष र भक्तपुरको भक्तपुर-९ का ४२ वर्षीय महिला संक्रमित भेटिएको उल्लेख छ ।

आज मात्रै ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमित ३ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !