प्रदेश-५ नीति तथा कार्यक्रमःअत्यावश्यक बाहेक नयाँ योजना नथप्ने, अनुत्पादक खर्च नियन्त्रण

रुपन्देही, १० जेठ । प्रदेश-५ सरकारले अत्यावश्यक बाहेक नयाँ योजना नथप्ने भएको छ ।
प्रदेश सरकारको तर्फबाट आज आर्थिक बर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले भने,‘ अत्यावश्यक बाहेकका नयाँ योजना नथप्ने र कार्यान्वयनमा रहेका अधुरा आयोजनालाई सम्पन्न गर्ने गरि बजेट परिचालन गरिने छ ।’ प्रदेश—५ सरकारले आयोजना बैंक तयार गरेर सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।
आउँदो बजेट कोरोना महामारीले क्षति पुराएको आर्थिक पुनर्उत्थान गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, विश्वबजारमा तथा आन्तरिक रुपमा रोजगारी गुमाएका नेपालका लागि रोजगारी सिर्जना गर्न बजेट परिचालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक खर्चमा नियमित मितव्यिता अपनाई आयोजना छनौट र बजेट विनियोजन यथार्थपरक बनाईने उल्लेख छ । स्थानीय तहलाई उपलब्ध बनाईने अनुदानलाई कोरोना भाइरसबाट परेको असर न्यूनिकरण गर्ने गरि परिचालन गरिने प्रदेश ५ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अनुत्पादक खर्च कटौती गर्न आवश्यक बाहेकका नयाँ कार्यालय,निकाय,प्रतिष्ठान, केन्द्र, संस्था खोल्न बजेट विनियोजन नगर्ने पनि प्रदेश सरकारको नीति छ ।
नीति तथा कार्यक्रमको बाचन गरिएको सम्पूर्ण पाठ: