१९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरू हुने

प्रकाशित मिति :  27 November, 2024 12:14 pm


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा सुरू गर्ने भएको छ। स्वास्थ्य बिमा लागू भएका वडाका नागरिकका लागि यो सेवा प्रदान गरिनेछ। प्रारम्भमा वडा नम्बर १२, २६ र ३० मा सेवा सुरू हुने छ।

महानगरपालिकाका अनुसार, हप्ताको विभिन्न दिनमा फरक-फरक वडाका सेवाग्राहीका लागि सेवा उपलब्ध हुनेछ। आइतबार र सोमबार वडा नम्बर १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नम्बर १२ मा, मंगलबार र बुधबार वडा नम्बर १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नम्बर २७ मा तथा बिहीबार र शुक्रबार वडा नम्बर १० र ३० का सेवाग्राहीका लागि वडा नम्बर ३० मा सेवा सञ्चालन हुनेछ।

महानगरपालिकाले सबै वडामा भिडियो एक्स-रे मेसिन जडान गरिसकेको छ। सेवाग्राहीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपक केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !