यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
प्रकाशित मिति : 14 January, 2025 12:15 pm
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० सानोठिमीले मंगलबार एसईईको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुने निर्धारण गरेको छ । चैत ७ मा सुरू हुने परीक्षा चैत १९ मा सम्पन्न हुने जनइएको छ । साथै नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार नै हुने पनि बोर्डले जनाएको छ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।









