२७ माघ २०८१, आइतबार

पद्मोदय बन्याे घोराही उपमहानगरपालिका च्याम्पियन

प्रकाशित मिति :  4 February, 2025 9:39 pm


खगेश्वर पौडेल
दाङ ।
घाेराही उपमहानगरपालिकास्तरिय १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय च्याम्पियन बनेको छ।

गंगा माध्यमिक विद्यालय घोराही उपमहानगरपालिकाको वडा नं. २ को व्यवस्थापनमा माघ १८ देखि २१ गतेसम्म सञ्चालन भएको विभिन्न विधाका खेलहरूमा पद्मोदय विद्यालयले २४ स्वर्ण, ८ काँस्य र १६ रजत पदकसहित कूल ४८ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो ।

गत वर्षको विजेता गोरखा इन्टरनेशनल पब्लिक स्कूलले १४ स्वर्ण, १५ काँस्य र ११ रजत पदकसहित कूल ४० पदक प्राप्त गरी दोस्रो स्थान हासिल गर्दा ५ स्वर्ण, २ काँस्य र ११ रजत पदकसहित कूल १३ पदक जित्दै नेपाल पुलिस स्कूलले तृतीय स्थान हासिल गर्‍यो ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू

भलिबल

छात्रा तर्फ: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी शर्मिला डाँगी

छात्र तर्फ: ज्ञानसिन्धु माध्यमिक विद्यालयका बिकास रसाइली

कबड्डी

छात्रा तर्फ: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी कञ्चन वली

छात्र तर्फ: सिद्धार्थ एकेडेमी आवासीय माध्यमिक विद्यालयका निशान्त थापा

एथलेटिक्स

छात्रा तर्फ: गोरखा इन्टरनेशनल पब्लिक माध्यमिक विद्यालयकी जेनिशा हमाल

छात्र तर्फ: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयका रामजी वि.क।

कराँते

छात्रा तर्फ: बाल विकास माध्यमिक विद्यालयकी शर्मिला नेपाली

छात्र तर्फ: नेपाल पुलिस स्कूलका मनिस घर्ति

उसो

छात्रा तर्फ: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी रेखा चौधरी

छात्र तर्फ: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयका सुमन रावत

तेक्वान्दो

छात्रा तर्फ: बात्सायन आवासीय माध्यमिक विद्यालयकी सृष्टी वि.क

छात्र तर्फ: माउन्ट भ्यू आवासीय माध्यमिक विद्यालयका भुवन राणा

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकुदको सामाजिक, मानसिक र शारीरिक महत्त्वबारे प्रकाश पार्दै खेल क्षेत्रको विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष राममणि पाण्डेयले उपमहानगरपालिकाले शिक्षालाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा तथा सामाजिक-सांस्कृतिक रुपान्तरणको अभियानलाई अगाडि बढाउने योजना बनाएको बताए।

घोराही खेलकुद समितिका संयोजक नरेन्द्र पुनमगरले प्रतियोगिताको स्तरवृद्धिका लागि सिन्थेटिक ट्र्याकसहितको खेलमैदान आवश्यक रहेको बताउँदै विद्यालय स्तरबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिताको समापन समारोहमा अर्को वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापनको जिम्मा लिने विद्यालयले झण्डा उचाल्ने परम्परा रहे पनि यस वर्ष कुनै विद्यालयले जिम्मेवारी लिन नचाहेपछि सो परम्परा तोडिएको छ।



प्रतिक्रिया दिनुहोस !