१९ मंसिर २०८२, शुक्रबार

सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइन-सञ्चारमन्त्री

प्रकाशित मिति :  10 February, 2025 7:44 pm


दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभई नियमन गर्न ल्याइएको बताएका छन् ।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गरे । उनले विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताए ।

‘‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ’‘, उनले भने, ‘‘विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्छ ।‘‘



प्रतिक्रिया दिनुहोस !