लुम्बिनी र गण्डकी प्रदेश सरकार बिचको समन्वयात्मक बैठक सुरु
प्रकाशित मिति : 12 February, 2025 1:14 pm

दाङ । लुम्बिनी र गण्डकी प्रदेश सरकार बिचको समन्वयात्मक बैठक सुरु भएकाे छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेशीय स्तरीय बैठक पाल्पामा सुरु भएको हाे ।
बैठकमा लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, दुई प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू तथा उच्चस्तरीय सरकारी अधिकारीहरूको विशेष उपस्थिति रहेको छ।
दुवै प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै, बैठकमा विशेष छलफल हुनुका साथै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी छ। प्रतिबद्धता पत्रलाई दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम तथा आगामी बजेट निर्माणमा समावेश गरिनेछ।



याे पनि हेर्नुहाेस्