२० बैशाख २०८१, बिहिबार

उपत्यककाका ३ जिल्ला अधिकारीको बैठकको निर्णयः सुरक्षित तरिकाले पसल खुलाउन सरकारलाई आग्रह गर्ने

प्रकाशित मिति :  4 June, 2020 4:52 pm


काठमाडौं, २२ जेठ । 

सरकारले गरेको लकडाउन जारी नै रहेको समयमा पनि व्यापारीहरुले एकतर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सामाजिक दुरी कायम गरि सर्तकता कायम गरेर बजार खोल्ने सरकारलाई सुझाव दिने निर्णय गरेको छन् ।

जिल्ला समन्वय समिति काठमाडौंमा भएको संयुक्त छलफलले सामाजिक दुरी कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था सिर्जना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।यसै बीच छलछलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ  ५ :३० बजेसम्म उद्योग तथा  पसल संञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए।

शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन्।

 व्यवसायी महासंघको आग्रहमा बिहीबार राजधानीका सबै पसल खुल्न थाले पछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ घ्यान राख्दै व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !