२६ असार २०८२, बिहिबार

मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश

प्रकाशित मिति :  21 March, 2025 12:54 pm


काठमाडाैँ । राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेश भएको छ ।

सभाको शुक्रवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् । सांसदहरू सुमित्रा विसी, गङ्गा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, र डा. अञ्जान शाक्य उक्त प्रस्तावको समर्थक रहेका छन् ।

मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव पेश गर्दै सांसद साहले मुलुकको ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरु विभेदमा पर्ने गरेको बताइन् । उनले महनिावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यस्ता प्रकारका विभेदहरु निर्मूल पार्न जरुरी रहेको बताइन् ।

संकल्प प्रस्तावका समर्थक सांसदहरूले समेत महिनावारीको विभेदका कारण बालिकाहरूमा गम्भिर असर पर्ने र यो मानव अधिकारको उल्लङ्घन भएको बताए । यस्ता विभेदहरू जरैदेखि अन्त्य गर्नुपर्नेमा उनीहरूको जोड छ ।



प्रतिक्रिया दिनुहोस !