जय नेपाल पार्टीको धर्म संस्कृति समन्वय विभाग संयोजकमा प्रभात योगी
प्रकाशित मिति : 8 October, 2026 1:13 pm
काठमाडौं । जय नेपाल पार्टीले केन्द्रीय सदस्य प्रभात योगीलाई धर्म संस्कृति समन्वय विभागको संयोजकमा मनोनयन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रअनुसार पार्टी विधानबमोजिम योगीलाई विभागको संयोजकको जिम्मेवारी दिइएको हो । पार्टी सभापति डा. धवलशमशेर राणाले हस्ताक्षर गरेको पत्रमा योगीले पार्टीका विचार र सिद्धान्तअनुरूप जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
पत्रमार्फत योगीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिइएको छ ।
योगीलाई २०८३ असोज २१ गते धर्म संस्कृति समन्वय विभागको संयोजकमा मनोनयन गरिएको हो ।









